सरकारले बढायो इन्धनको मूल्य
माघ १८, २०८०काठमाडौं - सरकारले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँका दरले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ । यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ । निगमका अनुसार बढेको मूल्य बिहीबार बिहान १ बजेदेखि नै लागू हुने छ ।
सबै पढ्नुहोस