सुनको मूल्य प्रतितोला १ लाख ३ हजार पुग्यो
फाल्गुण २३, २०७८काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सयले बढेको हो । आज प्रतितोला १ लाख ३ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको १ लाख १ हजार ९०० मा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको १ लाख २ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ
सबै पढ्नुहोस