अरुण नदीको बेलिब्रिज भाँचियो, ३ वटा ट्रक अरुण नदीमा खसे
माघ २९, २०७८संखुवासभा - संखुवासभास्थित अरुण नदीमाथि लगाइएको बेलिब्रिज भाँचिएको छ। शनिबार दिउँसो बेलिब्रिज भाँचिँदा तीनवटा ट्रक नदीको बीचमा अड्किएका छन्। संखुवासभाको मकालु गाउँपालिका ५ र १ जोड्ने बेलिब्रिज भाँचिएको हो। मकालु ५ को नुम र वडा नम्बर १ वालुङ जोड्ने अरुण नदीमाथि हालिएको बेलिब्रिज शनिबार दिउँसो भाचिँदा तीनवटा ट्रक अरुण नदीमा खसेका छन्।
सबै पढ्नुहोस