महजोडीको फिल्म ‘महापुरुष’को पहिलो गीत रिलिज
भदौ १२, २०७९काठमाडौं- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार परेको बाबुको मुख हेर्ने दिनको अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीत सम्पूर्ण बुबाहरुप्रति समर्पित देखिन्छ । नवराज पराजुलीका शब्दले बाबु र छोरालाई भावनात्मक रुपमा जोड्छन । गीतमा रिदम कँडेलको संगीत र स्वर छ ।
सबै पढ्नुहोस