एनपीएल फाइनल खेलका सबै टिकट ‘‘सोल्डआउट’’
पुस ४, २०८१काठमाडौं - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलका सबै टिकट सोल्डआउट भएका छन् । आउँदो शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने फाइनलका लागि भीआईपी र साधारण दुवै प्रकारका टिकटहरू सोल्डआउट भएका हुन् । टिकट खुला भएको केही समयमै सबै टिकट बिक्री भएको खल्ती वालेटले जनाएको छ । खल्ती जारी एनपीएलको अनलाइन टिकेटिङ पार्टनर हो ।
सबै पढ्नुहोस