काठमाडौं - उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले बुधबार शैक्षिक मेला नरोक्न आदेश जारी गरेको हो ।
जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला काठमाडौँ महानगरपालिकाले बन्द गरेको थियो । त्यसको विरुद्धमा उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) ले अदालतमा रिट दायर गरेको थियो ।