×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पूर्जी जारी

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं - बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।


बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) अदालतले आइतबार हसिनाविरुद्ध उक्त पक्राउ पूर्जी जारी गरेको हो । आजैदेखि आईसीटीमा उनीविरुद्धको मुद्दामा सुनुवाइ पनि सुरु भएको छ ।


गत जुलाई १५ देखि करिब एक महिनासम्म चलेको विद्यार्थी आन्दोलनका क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप उनीमाथि छ । सोही आन्दोलनले उनलाई सत्ताबाट अपदस्थ गरेको थियो ।


आन्दोलन उत्कर्षमा पुगेपछि उनी हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन् । उनी अहिले पनि भारतमै रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्