×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोनाका कारणले परीक्षा छुटेका कक्षा १२ का विद्यार्थीकाे परीक्षा आज

कोरोनाका कारणले  परीक्षा छुटेका कक्षा १२ का विद्यार्थीकाे परीक्षा आज

काठमाडौं -  कोरोना सङ्क्रमणका कारण परीक्षा गुमाएका कक्षा १२ का विद्यार्थीका लागि आज परीक्षा हुँदैछ ।

कक्षा १२ को परीक्षा गएको भदौ ३० गतेदेखि असोज ८ गतेसम्म भएको थियो । तर, त्यति बेला कोभिड-१९ को सङ्क्रमण भएकाले परीक्षा दिन पाएका थिएनन् र राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षार्थी रहेका जिल्लाबाटै उनीहरुलाई परीक्षामा सहभागी हुने अवसर दिइनेछ ।

शर्माका अनुसार यस्ता परीक्षार्थी देशभर ४१ जना छन् । उनीहरुको परीक्षाको नतिजा भने अन्य परीक्षार्थीको भन्दा ढिलो हुनेछ । तर उनीहरुलाई पनि अन्य सरह यसै वर्ष स्नातक अध्ययनको अवसर दिइनेछ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आउँदो २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

कोभिड-१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा तीन लाख ७५ हजार परीक्षार्थी सहभागी थिए ।

प्रतिकृया दिनुहोस्