×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शिक्षा/स्वास्थ्य

उपचुनाबले स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछि सारियो

उपचुनाबले स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछि सारियो

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले यही वैशाख १० गतेदेखि लिने तयारी गरेको स्नातक तह प्रथम वर्षका परीक्षा एक साता पछि सारेको छ ।

वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले परीक्षा सुरू हुने तालिका वैशाख १६ गतेलाई सारेको हो ।

वैशाख १० गते तनहुँ(१, चितवन(२ र बारा(२ निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । उक्त दिन बिहान ७ बजेदेखि व्यवस्थापन संकायको फाइनान्स र दिउँसो १२ बजे मानविकी संकायको अंग्रेजी, नेपाली, हिन्दी, नेपाल भाषा, मैथिली र संस्कृतको परीक्षा लिने तालिका थियो ।

अब यी परीक्षाहरु वैशाख १० गते सञ्चालन नगरी वैशाख १६ गते सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय बल्खुले जारी गरेको सूचनामा उल्लेख छ ।

सारिएका परीक्षाहरु यसअघि तोकिएकै समय र सेन्टरमा सञ्चालन हुने सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्