×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एघार महिनामा ३८ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

एघार महिनामा ३८ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

काठमाडौं- चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ३८ अर्बभन्दा बढीको  मोबाइल फोन भित्रिएको छ ।  भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो ।

सो अवधिमा नेपालले कूल ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार रुपैयाँको मोबाइल फोन आयात गरेको विभागले जनाएको छ ।उक्त मूल्यमा ५५ लाख ८६ हजार ५७८ थान मोबाइल फोन नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन, भारत, भियतनाम, युनाइटेड अरब इमिरेट्स ९युएई०, अमेरिका र बंगलादेशबाट आउने गरेको छ ।

पछिल्लो ११ महिनामा चीनबाट २२ अर्ब ७७ करोड ९१ लाख ८९ हजार रुपैयाँ, भारतबाट १२ अर्ब ७८ करोड ७५ लाख १७ हजार रुपैयाँ, भियतनामबाट १ अर्ब ६७ करोड १६ लाख २८ हजार र युएईबाट २७ करोड ८१ लाख ६४ हजार रुपैयाँको मोबाइल फोन नेपाल भित्रिएको छ ।

प्रतिकृया दिनुहोस्