काठमाडौँ- नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई अनिवार्य रूपमा राष्ट्रिय पोसाकमा शपथ लिन निर्देशन दिएका छन्। मङ्गलवार संसदीय दलको नेता सर्वसम्मत चयन भएपछि ओलीले यस्तो निर्देशन दिएको सांसद टोपबहादुर रायमाझीले जानकारी दिए।
संसद सचिवालयले सांसदहरूको शपथ बिहीबार गराउँदै छ। ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार दिउँसो चार बजे शपथ लिँदैछन्। ज्येष्ठ सदस्यबाट शपथ गराउने प्रावधान अनुसार राणाले बिहीबार अन्य सांसदलाई शपथ गराउने छन्।