जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुरधाममा जनमत पार्टीका नेता कार्यकर्ताले सरकारी गाडीमा तोडफोड गरेका छन् ।सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँ र उपमेयर रेणुका पौडेल चढेको सरकारी गाडीमाथि तोडफोड गरिएको हो ।
तोडफोडका क्रममा मेयरसहित तीन जना घाइते भएका प्रहरीले जनाएको छ । मेयर र उपमेयर राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि जाँदै गर्दा जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका– ४ मा गाडी तोडफोड गरेका हुन्।