×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ३,५४० जना काेराेना संक्रमित, चार दिनमा ३२ जनाकाे मृत्यु

थप ३,५४० जना काेराेना संक्रमित, चार दिनमा ३२ जनाकाे मृत्यु

काठमाडाैँ- नेपालमा आइतवार ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ९ सय १० जनाको पीसीआर परिक्षणका क्रममा ३ हजार ४९ जना र ३ हजार २ सय ३५ एन्टिजेन परीक्षणका क्रममा ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट विभिन्न अवधिमा सेनाले व्यवथापन गरेकोसहित ३२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । विभिन्न अवधिमा सेनाले व्यवस्थापन गरेकाे मृतकहरू संख्यासहित  हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७ सय ३२ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप ६ हजार ५ सय ५९ संक्रमित निको हुँदा नेपालमा ८ लाख ५४ हजार ७ सय १९ संक्रमित निको भएका छन् । हाल नेपालमा ८३ हजार ९ सय ९९ सक्रिय संक्रमित आइसाेलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्