×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

 झापामा आइतबारदेखी निषेधाज्ञा लागु हुने

 झापामा आइतबारदेखी निषेधाज्ञा लागु हुने

काठमाडौं -  झापामा आइतबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।  कोरोना संक्रमित बढेपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले वैशाख १९ गते मध्य रातदेखि लागू हुने गरि २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए । 
कोरोनाको दोश्रो लहर शुरु भए यता झापामा ३३८ जना सक्रिय संक्रमित संख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाइले जानकारी दिए । शुक्रवारसम्ममा कोभिडका कारण झापामा १३४ जनाले ज्यान गुमाइसकेका छन । 
निषेधाज्ञा अवधिभर जोर बिजोर प्रणाली अनुसार सार्वजनिक तथा निजी सवारी संचालन गर्न पाइनेछ भने औषधि तथा स्वास्थ्य सामाग्री बाहेकका पसलहरु बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र खोल्न पाइनेछ । 

प्रतिकृया दिनुहोस्