×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

सुनको मूल्य प्रतितोला तीन सयले बढ्यो

सुनको मूल्य प्रतितोला तीन सयले बढ्यो

काठमाडौँ - साताको दाेस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँ कायम भएको हो ।

आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार नाै सय रुपैयाँ निर्धारण भएको छ । आइतबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ रहेको थियो ।
आइतबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस्