×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

काठमाडौं- सप्तरीको बोदेवरसाइन नगरपालिका –२ बेलहानजिक विसनपुर स्वर्णपट्टी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बोदेवरसाइन नगरपालिका –५ भाटीनका १७ वर्षीय सागर पण्डितको मृत्यु भएको हो ।

विसनपुरबाट बोदेवरसाइनतर्फ आउँदैगरेको १७प९४७५ नम्बरको मोटरसाइकल बोदेवरसाइन –२ वैरियामा अनियन्त्रित भई बिहीबार अपरान्ह दुर्घटना हुँदा मोटरसाइकलमा सवार पण्डित र १५ वार्षीय सुमित पण्डित घाइते हुनुभएको थियो । 

उहाँहरुको उद्धारगरी वरसाइनस्थित जीवनज्योति अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकैक्रममा मोटरसाइकल चालक सागरको मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार १५ वर्षीय सुमित पण्डितको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।

यसैवीच जिल्लाको विष्णुपुर गाउँपालिका –१, स्थित जमुनीका २७ वर्षीय बिरेन्द्र मुखियाले घरायसी बादबिबादका कारण नाम नखुलेको बिषादी सेवनगरी बिरामी भई गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्