×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

घाँस काट्न गएका दुई युवती मृत फेला

घाँस काट्न गएका दुई युवती मृत फेला

काठमाडौँ- धनुषामा दुई युवतीको शव फेला परेको छ । नगराईन नगरपालिका ६ पुर्वारी टोलस्थित अम्बाघाटको बाँस घारीमा दुबै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मृतक नगराईन नगरपालिका ७ स्थित डेवडिया बस्ने दशरथ महराको १८ वर्षीया छोरी पूजा महरा र भारत मधुवनी जिल्लास्थित हर्निया हरलाखी घर भई डेवडियास्थि हजुरबुबाको घरमा बस्दै आएकी १९ वर्षीया आरती कुमारी महरा छन् ।

मंगलवार दिउँसो दुबै जना घाँस काट्न भन्दै घरबाट निस्किएका थिए। चउरमा घाँस काट्न गएका महिलाले उनीहरुको शव देखेपछि ईलाका प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा दुबै जना विष सेवन गरेको देखिए पनि घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्