×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आइपीएलमा राजस्थानको पहिलो जित दिल्ली ३ विकेटले पराजित

  • IT |
  • ब‌ैशाख ३, २०७८
आइपीएलमा राजस्थानको पहिलो जित दिल्ली ३ विकेटले पराजित

एजेन्सी - इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित हात हात पार्दै पहिलो पटक नतिजा आफ्नो पोल्टामा पारेको छ ।

मुम्बईस्थित वान्ग्खडे स्टेडियममा दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो  ।

राजस्थानको जितमा डेभिड मिलरले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस मोरिसले अविजित ३६ रन जोड्दा जयदेव उनाकडले अविजित ११ रन बनाए । राहुल टेवाटिया १९ रनमा आउट भए ।

दिल्लीका अभेस खानले ३ विकेट लिए । क्रिस वोक्स र कागिसो राबडाले २/२ विकेट लिए ।  

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७  रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान ऋषव पन्तले ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै टम कुरानले २१ रन जोड्दा ललित यादवले २० रन बनाए । क्रिस वोक्सले अविजित १५ रन बनाए ।

राजस्थानका जयदेव उनाक्डले ३ विकेट लिए । मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

जितसँगै राजस्थानले २ खेलमा २ अंक जोडेको छ । राजस्थान लिगको पाँचौ स्थानमा रहेको छ ।

दिल्ली २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । दिल्लीको यो पहिलो हार हो ।


 

प्रतिकृया दिनुहोस्