×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल ‘ए’ को रोमाञ्चक जित

नेपाल ‘ए’ को रोमाञ्चक जित

काठमाडौं - घरेलु टोली नेपाल ‘ए’ ले ट्वान्टी २० शृंखलाको आफ्नो अन्तिमा आयरल्यान्ड वल्भ्स माथि तीन रनको रोमाञ्चक जित निकालेको छ ।

अन्तिम खेलमा जित निकाले पनि नेपाल ‘ए’ ले शृंखला भने २-१ ले गुमायो । अघिल्ला दुई खेलमा नेपाल २१ र ४० रनले पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ ले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ‘ए’ ले ५० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै २१० रन बनायो । 

आयरल्यान्डका लागि गारेथ डेलानीले ३७ बलमा समान पाँच चौका र छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी मोर्गन टोपिङले ३७ बलमा समान चार चौका र छक्काको मद्दतले ६०, रोसु अदैरले ३१ र फिओन ह्यान्डले  २२ रन बनाए ।


पाँचौं विकेटका लागि डेलानी र टोपिङले १२९ रनको साझेदारी गरे । नेपालका लागि विपिन खत्रीले तीन तथा कमलसिंह ऐरी, नारायण जोशी र राशिद खानले समान एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित २० ओरभमा सात विकेट गुमाउँदै २१३ रनको योगफल तयार पार्यो ।

नेपालका लागि आरिफले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतले अविजित ९३ रन बनाए । यसैगरी रासिद खानले २४, कमलसिंह ऐरीले अविजित १९, बसिर अहमले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाए ।


चौथो विकेटका लागि आरिफ र शेखले ४७ रनको साझेदारी गरे । आयरल्यान्डका लागि फिओन ह्यान्डले दुई तथा म्याथ्यु पोस्टर, लियम म्याकर्थी, गेराथ डेलानी र गाभिन होएले समान एक विकेट लिए । 

प्रतिकृया दिनुहोस्