काठमाडौं- राजधानीमा जारी नेपाल टी–२० क्रिकेटमा आजबाट दर्शकले निस्शुल्क प्रवेश पाउने भएका छन् । प्रतियोगिताका म्याचहरूमा यसअघि १०० रुपैयाँ टिकट तोकिएकोमा आजदेखि निःशुल्क गरिएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)को आधिकारिक टी–२० प्रतियोगिताका रूपमा रहेको नेपाल टी–२० गत शनिवारबाट सुरु भएको थियो । यस प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टिमहरूले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पाउने पूर्व घोषणा गरिएको छ । यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्सले गर्छ । दर्शकहरूलाई घरेलु क्रिकेटप्रति आकर्षण बढाउनका लागि प्रवेश निःशुल्क गरिएको बताइएको छ ।