×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा हरि खड्का दोषी ठहर, ५ हजार जरिवाना

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा हरि खड्का दोषी ठहर, ५ हजार जरिवाना

काठमाडौं - विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। । अखिल नेपाल फुटबल संघ (एन्फा) का महिला फुटबल प्रमुख प्रशिक्षक समेत रहेका खड्कामाथि प्रहरी सेवामा छँदा ‘नक्कली प्रमाणपत्र पेस गरी बढुवा भएको’ आरोपमा अख्तियार दुरुपयोग आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा दोषी ठहर गरेको हो ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले नेपाल प्रहरीमा बढुवा प्रयोजनका लागि उनले पेस गरेको प्रमाणपत्र नक्कली भएको ठहर गर्दै फूटबलर खड्कालाई अदालतले ५ हजार जरिवाना तोकेको छ ।


विशेष अदालतका रजिष्ट्रार अशोक क्षेत्रीका अनुसार आइएको शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेका थिए । राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्यसमेत रहेका खड्का महानगरीय प्रहरी गण नं.२ मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिषण केन्द्र (केन्द्रीय खेलकुद समिति) मा प्रहरी नायव निरीक्षकका रुपमा कार्यरत रहँदा शैक्षिक योग्यता ‘आईए’को प्रमाणपत्र नक्कली पेस गरेको अख्तियारको दावी थियो ।

उनले आइएको प्रमाणपत्र २०५५ कात्तिक १ गते पेस गरेर प्रहरी सहायक निरीक्षकमा नियुक्त भएर प्रहरी क्लबमा आबद्ध भएका थिए। उनी २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए। अख्तियारबाट मुद्दा दायर भएपछि उनले आफ्नो शैक्षिक योग्यताको प्रमाण पत्र सक्कली नै रहेको तर हराएकाले ओर्जिनल पेश गर्न नसकेको दाबी गरेका थिए ।

उनले भारतको उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आईए) को झुट्टा प्रमाणपत्र पेस गरी २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्त भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानसमेत रहेका खड्का पुरुष टिमको लागि सर्वाधिक गोलकर्ता पनि हुन् । उनीसँगै निराजन रायमाझीले अन्तर्राष्ट्रिय प्रतियोगितामा १३–१३ गोल गरेका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र छानवीन हुने भएपछि प्रहरी सेवा प्रवेश गरेको १९ वर्षमा उनले सेवा छाडेका थिए । सेवा निवृत्त भएको एक वर्षमा उनले सेवा छाडेका थिए । सिनियर अधिकृत हुने अवस्थामाकोबीचमै जागिर छाडेका थिए । नक्कली प्रमाणपत्रका विषयमा गाईगुईं चलेपछि खड्काले एकाएक राजीनामा दिएका थिए ।

सेवा छाडेर नेकपा एमाले निकट देखिएका खड्का केपी शर्मा ओली पछिल्लोपटक प्रधानमन्त्री बनेका बेला राष्ट्रिय खेलकुद परिषद्(राखेप)को सदस्य नियुक्त भएका थिए । झापामा हुँदै फुटबल खेल्न थालेका खड्काले २०५२ सालमा न्युरोड टिम(एनआरटी)बाट ए डिभिजन लिग खेलेका थिए। त्यसको एक वर्षपछि उनलाई नेपाल प्रहरीले अनुवन्ध गरेको थियो। बलियो खेल पृष्ठभूमि भएका खड्कालाई सेवामा राख्न प्रहरीले न्युनतम लचकता अपनाएको थियो ।

प्रतिकृया दिनुहोस्