×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

हैदराबादले पहिलो जित,पञ्जाव ९ विकेटले पराजित

हैदराबादले पहिलो जित,पञ्जाव ९ विकेटले पराजित

एजेन्सी -  १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराईजर्स हैदराबादले पहिलो जित दर्ता गराएको छ ।

यस सिजनको पहिलो जित दर्ता गर्ने क्रममा हैदराबादले पन्जाब किंग्सलाई नौं विकेटले पराजित गरेको हो । चौथों खेलमा हैदराबादको यो पहिलो जित हो भने पन्जाबको चौथों खेलमा यो लगातार तेश्रो हार हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९ दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १२० रन बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको हैदराबादले आठ बल अगावै एक विकेटको नोक्सानीमा जित दर्ता गरायो ।

हैदराबादलाई पहिलो जित दिलाउने क्रममा ओपनर जोनी बैरस्टोले अविजित रहँदै ६३ रन बनाए भने डेभिड वार्नरले पनि ३७ रनको योगदान दिए । त्यस्तै केन विलियमसनले पनि अविजित १६ रन बनाए ।

यस अघि पन्जाबलाई सस्तैमा रोक्ने क्रममा खलील अहमदले सर्वाधिक चार विकेट तथा अभिषेक शर्माले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

पन्जाबको लागि ओपनर मायंक अगरवाल र सातौं नम्बरमा ब्याटिङ गर्न आएका शाहरुख खानले समान २२-२२ रनको पारी खेले ।

प्रतिकृया दिनुहोस्