काठमाडौँ- प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
यसअघि संसदीय सुनुवाइ समितिले उनको नामलाई सर्वसम्मत अनुमोदन गरेको हो ।
उनले आजै ५ बजे सपथ ग्रहण गर्ने तय भएको छ । उनले आजै पदभार ग्रहण गर्नेछन्