काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएर गएका पार्टीभित्रकै नेताहरुलाई आममाफी दिने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।
“बाटो बिराएका, भड्किएकाहरुलाई फेरि पनि भन्छु, यस पार्टीको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड,” ओलीले भने ।
उनले पटक पटक ‘एम्नेष्टि’ भन्दै पार्टीमा आउन आग्रह गरेका थिए ।
तर बिहीबार नै भएको अर्को एक कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले अपमान सहेर घरभित्र बस्न नसकिने बताएका थिए ।
पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।