×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजेश पायलको ‘खुसीका मुहान’मा नग्मा र सागर

राजेश पायलको ‘खुसीका मुहान’मा नग्मा  र सागर

काठमाडौं- गायक राजेश पायल राईको स्वरमा रहेको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज मुकारुङको शब्द रहेको छ, भने अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ ।

गीतलाई सहास शाक्यले संगीत संयोजन गरेका हुन् । निर्देशक तथा गायक सुरज तामाङले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेमिल जोडीको जिवनमा आउने जातिय अवरोधको सेरोफेरोलाई प्रस्तुत गरिएको छ ।

मोडल नग्मा श्रेष्ठ र सागर थापा ध्रुव यस म्युजिक भिडियोमा फिचर्ड छन् । यस भिडियोमा फराज अर्पणको डिओपी, बिशाल थापाको सिनेमाटोग्राफी र ज्वाला राईको सम्पादन र कलर रहेको छ ।  भिडियो संगीतकार सुब्बाको आधिकारिक च्यानल ‘अम्बर तुम्बापो सुब्बा’ मार्फत सार्वजनिक भएको हो ।  निर्माण टिमले भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस्