×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपेन्द्र यादवले आज गोपनीयताको शपथ लिँदै

उपेन्द्र यादवले आज गोपनीयताको शपथ लिँदै

काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । यही वैशाख १० गते भएको उपनिर्वाचनमा उनी बारा क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका हुन् । आज दिउँसो १ बजे उनले शपथ लिने कार्यक्रम तय छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कार्यालयमा उनले शपथ लिनेछन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ गराउनेछन् ।

गत वर्ष मंसिर ४ गते भएको निर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति बनेपछि रिक्त रहेको स्थानका लागि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनबाट जसपाकै अध्यक्ष यादव विजयी भएका हुन् ।

प्रतिकृया दिनुहोस्