×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईजीपी नियुक्ति विरुद्धकाे रिट खारेज, तुहियाे आईजीपी बन्ने विश्वराजको सपना

आईजीपी नियुक्ति विरुद्धकाे रिट खारेज, तुहियाे आईजीपी बन्ने विश्वराजको सपना

काठमाडौं- नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ। रिट खारेजसँगै एआईजी विश्वराज पोखरेलको आईजीपी बन्ने सपना चक्नाचुर भएको छ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए।

यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ। आईजीपी नियुक्ति विरुद्धको मुद्दामा शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको हो।

मुद्दामा शुक्रबार निवेदक एआईजी पोखरेलको तर्फबाट वकिलहरू शतीशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहा, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए।

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा शुक्रबार आईजीपी नियुक्तिसम्बन्धी मुद्दा पाँचौँ पटक सुनुवाइ भएको थियो। यो आदेशसँगै एआईजी पोखरेल कि त प्रहरी प्रधान कार्यालयमा हाजिर हुनु पर्छ भने कि राजीनामा दिएर घर जानु पर्छ। पोखरेलले धिराजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध रिट दायर गरेका थिए। 

प्रतिकृया दिनुहोस्