×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रौतहटमा प्रहरीको ठूलो सफलता: पिछा गरेरै ब्रेजा कारबाट गाँजा बरामद

रौतहटमा प्रहरीको ठूलो सफलता: पिछा गरेरै ब्रेजा कारबाट गाँजा बरामद

रौतहट - रौतहट प्रहरीले लागुऔषध ओसारपसारविरुद्ध एक महत्त्वपूर्ण सफलता हात पारेको छ। विशेष सूचनाको आधारमा चलाइएको अपरेसनमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बोकेको एक ब्रेजा कारलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग३च ६८९६ नम्बरको ब्रेजा कारमा गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएको थियो। सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, गरुडाको टोलीले गरुडास्थित झाझ खोला नजिक गाडी जाँच गर्न खोजेको थियो।

तर, प्रहरीले रोक्न खोज्दा कार चालकले गाडी तीव्र गतिमा भगाएका थिए। त्यसपछि प्रहरी टोलीले फिल्मी शैलीमा पिछा गर्दै कारलाई नियन्त्रणमा लिन सफल भयो।

रौतहट प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले घटनाको पुष्टि गर्दै भन्नुभयो, "पक्की सूचनाको आधारमा गरिएको जाँचमा हामीलाई सफलता मिलेको हो। हाल गाडीबाट गाँजा निकाल्ने र तौल गर्ने काम भइरहेको छ।"

उनले बरामद गरिएको गाँजाको यकिन परिमाण र घटनामा संलग्न व्यक्तिहरूबारे सम्पूर्ण विवरणसहित छिट्टै पत्रकार सम्मेलनमार्फत जानकारी दिइने बताए।

प्रतिकृया दिनुहोस्