×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी

 काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी छ । चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यका लागि चुनाव भइरहेको हो ।

सोमबार ललितपुरको ग्वार्खोस्थित होटल टुलिपमा महासंघको ६०औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो । भने चुनाव मंगलबार बिहानदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ ।

महासंघको भावी नेतृत्वका लागि व्यवसायीहरू दुई प्यानलमा गोलबद्ध भएका छन् । महासंघका वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको एउटा प्यानल बनेको छ भने ६०औँ साधारणसभाबाट स्वत: अध्यक्ष बन्न लागेका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठको अर्को चुनावी प्यानल बनेको छ । महासंघको यसपटकको निर्वाचन ढकाल प्यानल र श्रेष्ठ प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्