×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेको पाखुरा देखेर प्रधानमन्त्री देउवा डराए : ओली

एमालेको पाखुरा देखेर प्रधानमन्त्री देउवा डराए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन्। प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताए ।

उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिए। ‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा भने । उनले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप पनि बताए । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे।

‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायौँ भन्ने होला । नेपालमा किन रेल कुदायौँ भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’ उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए । देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ। उनले सबै दल एकतिर लागे पनि एमालेलाई जित्न नसक्ने दावी गरे । ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको पनि बताए । 

प्रतिकृया दिनुहोस्