एजेन्सी: भारतीय अभिनेता अक्षयकुमार अभिनित चलचित्र ‘पृथ्वीराज’ प्रदर्शनअगावै चर्चामा रहन सफल चलचित्र हो । चलचित्रको शीर्षकलाई लिएर विवाद भइरहेको छ । हालै चलचित्रको शीर्षकलाई लिएर चन्डीगढमा अक्षयकुमारको पुत्ला जलाइएको छ ।
अखिल भारतीय क्षेत्रीय महासभाका सदस्यले चलचित्रको शीर्षक परिवर्तन गर्न माग गरेका छन् । यो सङ्गठनले करणी सेनाले भनेजस्तै राजाको पूरा नाम ‘सम्राट पृथ्वीराज चौहान’ टाइटलमा राख्न माग गरेको छ । एक महिना पहिले सेनाले भनेको थियो- ‘चलचित्र महान् राजपूत राजामा आधारित रहेको छ । शीर्षकले यो तथ्यलाई दर्साउँदै सिर्फ पृथ्वीराज राख्नु अन्तिम हिन्दु शासकको अपमान हो ।’
‘पृथ्वीराज’ यशराज फिल्म्सको पहिलो ऐतिहासिक चलचित्र हो । चलचित्रमा सञ्जय दत्त र सोनु सुद समेत महत्त्वपूर्ण भूमिकामा रहेका छन् ।