×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दृश्यम–२ ले पार गर्यो २०० करोडको आँकडा

दृश्यम–२ ले पार गर्यो २०० करोडको आँकडा

एजेन्सी- दृश्यम–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो फिल्मअजय देवगनको २०० करोड क्लबमा सामेल हुने तेस्रो फिल्म बनेको छ । चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ ।

यसअघि २०२० मा अजयको फिल्म ‘ताना जी द अनसंग वारियर’ले २७९.५५ करोड र २०१७ मा ’गोलमाल अगेन’ले २०५.६९ करोड कलेक्सन गरेको थियो ।
करिब ६० करोडको बजेटमा बनेको यो फिल्म अजय देवगनको करियरको दोस्रो ठुलो ब्लकबस्टर बन्ने बाटोमा छ ।

फिल्मको पछिल्लो जानकारी शेयर गर्दै ट्रेड एनालिस्ट तरण आदर्शले लेखेका छन्, ‘दृश्यम–२ २०० करोड क्लबमा सामेल भएको छ । दोहोरो शतक प्रहार गर्ने अजय देवगनको तेस्रो फिल्म हो । दृश्यम२ ले रिलिजको २३ औं दिनमा २०० करोडको आँकडा पार गरेको छ । विशेष कुरा के छ भने यो फिल्म कुनै पनि बिदामा रिलिज भएको छैन । नयाँ फिल्म रिलिज भए पनि दृश्यम २ को कमाईमा खासै फरक परेको छैन ।

प्रतिकृया दिनुहोस्