×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विद्यार्थीले लेखिरहेकै बेला मध्यपश्चिम विश्वविद्यालयले गर्‍यो परीक्षा स्थगित

विद्यार्थीले लेखिरहेकै बेला मध्यपश्चिम विश्वविद्यालयले गर्‍यो परीक्षा स्थगित

वीरेन्द्रनगर - मध्यपश्चिम विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षामाबीचैमा स्थगित गरिएको छ । 

स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड सोसल साइन्स अन्तर्गत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगन गरिएको हो । 


परीक्षामा लेख्दै गरेका विद्यार्थीलाई विश्वविद्यालयले अचानक परीक्षा स्थगन भएको जानकारी दिँदै चरम लापरबाही गरेको हो । यसमा विद्यार्थीहरू असन्तुष्ट बन्दै आलोचना गरिरहेका छन् ।

बिहान साढे ६ बजे सुरु भएर प्रश्न पत्र र उत्तरपुस्तिका वितरण भइसकेको थियो । विद्यार्थीले लेख्न सुरु पनि गरिसकेको थिए । तर एक्कासि परीक्षा स्थगन गरिएको थियो । 


विश्वविद्यालयले परीक्षा स्थगित भएको विषयमा परीक्षा सुरु भएपछि मात्रै आधिकारिक जानकारी गराएर औपचारिकता निभाए जस्तो गरेको छ । विश्वविद्यालयले चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

विश्वविद्यालय जारी गरेको सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको जनाएको छ । परीक्षा स्थगन गर्नुको कारण भने खुलाइएको छैन ।

प्रतिकृया दिनुहोस्