×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन र उपप्रमुखमा सुनिता निर्वाचित

काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन र उपप्रमुखमा सुनिता निर्वाचित

काठमाडौं -  काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह र उपप्रमुखमा सुनिता डंगोल निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार बालेनले ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

बालेनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याएकी छन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् । त्यस्तै महानगरको उपप्रमुखमा  निर्वाचित एमालेकी डंगोलले ६८ हजार ६१२ ल्याएकी छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले  २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ रहेका थिए । निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको र त्यसमध्ये ७ हजार ६८२ मत बदर भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए ।  गत वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्