×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेरि हार्‍यो टोटेनह्याम, चेल्सी कारवाओ कपको फाइनलमा

फेरि हार्‍यो टोटेनह्याम, चेल्सी कारवाओ कपको फाइनलमा

काठमाडाैँ- प्रिमियर लिग प्रतिद्धन्द्धी टोटेनह्यामलाई पराजित गर्दै लन्डन क्लब चेल्सी इएफएल कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा टोटेनह्यामलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-० ले जित हासिल गर्दै चेल्सी फाइनलमा पुगेको हो ।

यस अघि सेमिफाइनलको पहिलो लिगमा चेल्सीले २-० ले जित हासिल गरेको थियो । चेल्सीको जितमा खेलको एक मात्र गोल एन्टोनियो रुडीगेरले खेलको १८औँ मिनेटमा गरेका थिए ।

अब चेल्सीले फाइनलमा लिभरपुल र आर्सनलबीचको विजेतासँग खेल्ने छ । लिभरपुल र आर्सनलबीचको सेमिफाइनलको पहिलो लिग आजराती हुदै छ भने दोस्रो लिग जनवरी २० मा हुँदै छ । इएफएल कपको फाइनल खेल फेब्रुअरी २७ मा हुने छ ।

प्रतिकृया दिनुहोस्