×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विधान महाधिवेशनको तयारीमा एमाले, पोलिटब्युरो बैठकमा आज पनि छलफल जारी

विधान महाधिवेशनको तयारीमा एमाले, पोलिटब्युरो बैठकमा आज पनि छलफल जारी

 

काठमाडौं - नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज (शनिबार) पनि जारी छ। पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको बैठक आसन्न विधान महाधिवेशनको तयारीमा केन्द्रित रहेको छ।

बैठकको पहिलो दिन शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थिति र विधान महाधिवेशनको औचित्यबारे आफ्नो धारणा राख्नुभएको थियो। उहाँले महाधिवेशनलाई सफल बनाउन आवश्यक तयारी र पार्टीको भावी दिशाबारे पोलिटब्युरोलाई निर्देशित गर्नुभएको नेताहरूले बताएका छन्।

बैठकमा पोलिटब्युरो सदस्यहरूले महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक तथा विधान संशोधन प्रस्तावका मस्यौदामाथि आ-आफ्नो विचार राख्ने क्रम जारी छ। बैठकले सदस्यहरूबाट प्राप्त सुझावलाई समेटेर प्रस्तावहरूलाई अन्तिम रूप दिने र केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गर्नेछ।

प्रतिकृया दिनुहोस्