×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चट्याङसहित भारी वर्षाको सम्भावना

चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ- देशभर बिस्तारै मनसुन सक्रिय बन्दै गएको छ । आज देशका विभिन्न भागमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागे जनाएको छ । प्रदेश-१ र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेशका थोरै र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल देशको प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको छ ।

प्रतिकृया दिनुहोस्