×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बार्सिलोनाको जितमा औबामेयाङको दुई गोल

बार्सिलोनाको जितमा औबामेयाङको दुई गोल

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले सेल्टिक भिगोमाथि ३–१ गोल अन्तरको जित हात पारेको छ।मंगलबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा बार्सिलोनाका मेम्फिस डिपेले १ तथा पियरे एमरिक औबामेयाङले दुई गोल गरे।

मंगलबारको खेलमा बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजो गम्भीर घाइते भएपछि उनलाई असपताल लगिएको थियो। बार्सिलोनाका प्रशिक्षक जाभीले अहिले उनको अवस्था जोखिममुक्त रहेको बताएका छन्।

जारी लिगमा उपाधिको दौडबाट बाहिरिसकेको बार्सिलोनाले ३६ खेलबाट ७२ अंक जोडेको छ भने लिगको उपाधि पक्का गरिसकेको रियल मड्रिडले ३५ खेलबाट ८१ अंक जोडेको छ।

प्रतिकृया दिनुहोस्