×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ट्होंटे पर्वका लागि मंगलबार पोखरामा सार्वजनिक विदा

ट्होंटे पर्वका लागि मंगलबार पोखरामा सार्वजनिक विदा

पोखरा- पोखरा महानगरपालिकाले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होंटेको अवसरमा महानगर भित्र सञ्चालित विद्यालयहरूलाई स्थानीय बिदा दिएको हो । 

हरेक साउनको अन्तिम मङ्गलवार पोखराका गुरुङ समुदायले ट्होंटे पर्व मनाउँदै आएका छन् । यो वर्षको ट्होंटे ३१ गते परेको छ । पर्वका दिन महानगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र मन्टेश्वरी समेतमा स्थानीय बिदा दिएको हो ।

वर्षभरिबाट विद्यालय वा मन्टेश्वरी आफैले गर्न सक्ने स्थानीय बिदाबाट कट्टा गर्ने गरी बिदा दिन निर्देशन दिइएको शिक्षा महाशाखा प्रमुख हेम प्रसाद आचार्यले जानकारी दिए । उक्त पर्वको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्