काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्न ६० जनाले इच्छा देखाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले खोलेको विज्ञापनमा ६० जनाले आवेदन दिएको क्यानले जनाएको छ । आवेदनको म्याद हिजोसम्म थियो । आवेदकहरूमध्येबाट सर्ट लिस्ट गरी अन्तरवार्ताको लागि बोलाइने पनि क्यानले जनएको छ । डेभ व्हाटमोरले राजीनामा दिएपछि नेपालको मुख्य प्रशिक्षक पद खाली छ ।
गएको डिसेम्बर महिनामा एक वर्षको लागि भनेर अनुबन्ध भएका व्हाटमोरले बिचैमा नेपाली टिम छोडेका थिए । उनले परिवारसँग समय बिताउन नेपाल छोड्न लागेको भनेपनि उनी लगत्तै भारतीय क्लबमा अनुबन्ध भएका थिए ।