×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मनोज पाण्डेलाई मानव बेचबिखनमा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखनमा ७ वर्ष कैद

काठमाडौँ । सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बारम्बार यौन शोषण गरेको कसुरमा मनोज पाण्डेलाई ७ वर्षको कैद सजाय सुनाइएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतले पाण्डेलाई ७ वर्षको कैद सजाय हुने फैसला सुनाएको हो । 

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई मानव बेचबिखन गरेको कसुरमा ७ वर्षको कैद सजाय र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएका हुन् । 

काठमाडौँ जिल्ला अदालतले गत माघ १० गते नै पाण्डेलाई बाल यौन दुरुपयोग र मानव बेचबिखनको मुद्दामा दोषी ठहर गरेको थियो । माघ १० गते भएको फैसला अनुसार बाल यौन दुरुपयोगमै त्यतिबेला नै ६ महिना कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको थियो । 

मानव बेचबिखनको कसुरमा भने ३ वर्षभन्दा बढी कैद सजाय हुने भएकाले सजाय निर्धारणका लागि माघ २३ गतेको पेसी तोकिएको थियो ।  सोमबार मानव बेचबिखनको कसुरमा ७ वर्षको कैद सजाय सुनाए लगत्तै पाण्डे अब कम्तीमा ७ वर्ष कैदमा बस्नुपर्ने देखिएको हो ।

प्रतिकृया दिनुहोस्