×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय सभाका विषयगत समिति सभापतिहरुको निर्वाचन भदौ २३ मा हुने

राष्ट्रिय सभाका विषयगत समिति सभापतिहरुको निर्वाचन भदौ २३ मा हुने

काठमाडौं- राष्ट्रिय सभाका चार विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने भएको छ । २१ फागुन २०७८ देखि रिक्त रहेका विषयगत समितिका सभापति पदहरुका लागि निर्वाचन गर्ने दलहरुबीच सहमति जुटेको हो ।

रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुई÷दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ ।

राष्ट्रिय सभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था छ । यस अनुसार समयमै सभापति चयन हुन नसकेको भनी आलोचना भइरहेका बेला दलहरु बीचमा सभापतिहरुको निर्वाचन गर्ने सहमति जुटेको हो ।

राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

प्रतिकृया दिनुहोस्