काठमाडौँ - मलामी बोकेको बस पाल्पामा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । बुटवलबाट मलामी बोकेर गुल्मीको रिडीतर्फ गइरहेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना हुँदा सात जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बसमा कति जना सवार थिए भन्ने यकिन भइनसके पनि झण्डै ४० जना रहेको अनुमान गरिएको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।