×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

१३ वर्षीया बालिकामाथि बलात्कार, २ जना पक्राउ!

१३ वर्षीया बालिकामाथि  बलात्कार, २ जना पक्राउ!

डडेल्धुरा -  डडेल्धुरामा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिकाकी बालिकालाई बलात्कार गरेको आरोपमा सोेही नगरपालिका–१० बस्ने २३ वर्षीय राम सिंह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका–५ घर भएका २७ वर्षीय जगदिश धामी पक्राउ परेका हुन्। 
असोज ५ गते बलात्कार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिकृया दिनुहोस्