×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भारतसँग हारपछि स्मिथले लिए एकदिवसीय फर्म्याटबाट सन्न्यास

भारतसँग  हारपछि स्मिथले लिए एकदिवसीय फर्म्याटबाट सन्न्यास

काठमाडौं - अस्ट्रेलियाका स्टार ब्याटर स्टिव स्मिथले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले जारी आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा अस्ट्रेलियाको कप्तानी गरेका थिए ।

सेमिफाइनलमा भारतसँग पराजित हुँदै अस्ट्रेलिया च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो । त्यसको भोलिपल्टै उनले यस्तो निर्णय लिएका हुन् ।


स्मिथले अस्ट्रेलियाका लागि १७० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । सो क्रममा उनले १२ शतक र ३५ अर्धशतकसहित ५ हजार ८०० रन बनाएका छन् । २८ विकेट पनि लिएका छन् ।

उनले अस्ट्रेलियन टोलीबाट सन् २०१५ र सन् २०२३ को एकदिवसीय विश्वकप जितेका छन् । उनी मोडर्न डे क्रिकेटमा उत्कृष्ट ब्याटरहरूमध्येका एक हुन् ।


उनले टेस्ट र टी-२०आई खेल भने जारी राख्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्