×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तराईमा हुस्सुसँगै बढ्यो चिसो

तराईमा हुस्सुसँगै बढ्यो चिसो

काठमाडौं- तापक्रम घट्दै जाँदा तराईका भू–भागमा बाक्लो हुस्सु तथा कुहिरो लाग्न थालेको छ । जसका कारण चिसो महसूस हुने गरेको छ ।

घाम लागेपछि हुस्सु तथा कुहिरो हट्दै जाने र जाडो पनि कम हुँदै जाने मौसमविद् बरुण पौडेलको भनाइ छ । केही समय यता चिसो बढेकाले यसबाट बच्न विशेषत बिहान र बेलुकाको समयमा विशेष ध्यान दिनु पर्नेमा उनको जोड छ ।

“तराई भू–भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध छ,” जल तथा मौसम विज्ञान विभागले भनेको छ ।

आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसा प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार आज राति प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागलगायत लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिकृया दिनुहोस्