गृष्मा पौडेल - हामीहरू मध्य धेरैलाई थाहा छ आज सेप्टेम्बर २३ तारिख जापानमा छुट्टि छ तर केको छुट्टि हो धेरैलाई थाहा नहुन पनि सक्छ।त्यसैले आउनुस् आज कुरा गरौं विषुव दिवस अर्थात ‘स्युबुन नो हि’ को।जापानमा पर्ने विभिन्न राष्ट्रिय छुट्टीहरू मध्य यो ‘विषुव दिवस’पनि एक हो। यसलाई जापानीमा स्युबुन नो हि भनिन्छ ।
विषुव मतलब दिन र रातको लम्बाई बराबर हुनु हो।यसलाई नेपालीमा “सम्पात”भनेको जस्तो पनि लाग्छ।आज सेप्टेम्बर महिनाको २३ तारिख जापानमा दिन र रात बराबर हुने हुनाले यो दिनलाई पनि विदाको रुपमा नै मनाउने चलन छ। अर्को जापानी क्यालेण्डर अनुसार यो दिवस पहिला पहिला शरद विषुव दिवस यानेकि “आकि नो हि”मात्र भनेर मनाउने गरिन्थ्यो र "राष्ट्रिय छुट्टिहरु सम्बन्धी कानून" द्वारा तय गरीएको थियो। तर सन् १९४८ अर्थात द्दितिय विश्व युद्ध पछि यसलाई सबै जनताहरूले मनाउने “स्युबुन नो हि”मा परिणत गरिएको हो। यो दिन पुर्खाहरुको आत्माको सम्मान गर्ने र युद्धमा हराएका सहिदहरूको शोक गर्ने दिन" पनि बनेको छ।
त्यसैले यो हफ्तालाई “ओ हि गान” अर्थात ओहाका मायरी चिहानमा गएर पिर्तीहरूलाई सम्झिने पनि गरिन्छ। द्वितिय विश्व युद्ध भन्दा पहिले यो दिनलाई शरद ऋतु विषुव दिवस अथवा “शरद कोरीसाई" पनि भन्ने गरीन्थ्यो र जापानको क्रमिक सम्राटहरु र वितेका शाही परिवारहरुको आत्माको पूजा गर्ने समारोह हुन्थ्यो। त्यसपछि, बिस्तारै यो चलन सामान्य मानिसहरुका बीच पनि फैलियो र युद्ध पछि "शरद विषुव दिवस" को नाम दिईयो। “शरद विषुव दिवस”सामान्यतया सेप्टेम्बर २३ तारिख को दिन पर्र्दछ र तर यो दिवस’ को सही मिति जापान को राष्ट्रीय खगोल विज्ञान वेधशाला द्वारा तैयार गरीन्छ ।
"कालानुक्रमिक तालिका" मा आधारित रहेर मन्त्रिपरिषद् द्वारा वर्षमा कुन दिन छुट्टि दिने निर्णय गरिन्छ। त्यसैले, सेप्टेम्बर २३ हरेक वर्ष एकै दिन छुट्टि हुन्छ भन्ने पनि होइन। खगोलीय गणनाका अनुसार यो दिनको विदा मिलाएर शनिवार आइतवार नखप्ट्याइ कन विचार गरेर निर्णय गरिन्छ । यदी ‘शरद विषुव दिन र २३ तारिख र आइतबार पर्यो भने सोमबार र त्यही अनुसार क्याबिनेटबाट हरेक वर्ष क्यासेण्डर हेरेर विदा दिईन्छ ।तर “लीप वर्षहरुमा”सेप्टेम्बर २२ तारिखको दिन नै पनि दिने गरीन्छ ।
यदि शरद विषुव दिन सेप्टेम्बर २१ तारिखको दिन पर्यो र सोमबार पर्यो भने जापानमा मनाईने अर्को विदा “वृद्ध दिवस” र शरद विषुव दिवस को छुट्टी एकै दिन पनि मनाईन्।त्यसैले जापानमा ३ चार दिन छुट्टि पारेर ओहाका यानेकि मरेका पित्रीहरू बसेका ठाउँ ‘चिहानमा’गएर सम्झना गरी फुल धुप र पानी चढाई सबै परिवार जम्मा भई रमाइलोसंग पित्रिलाई सम्झिने चलन छ ।
आज प्राय जसो द्वितिय विश्व युद्धमा प्राण गुमाएकाहरूको परिवारलले हिरोशिमामा,ओहाकामा गएर श्रद्दान्जली दिइरहेको द्रिष्य टेलिभिजनहरूमा पनि देख्न सकिन्छ । यो फुल हिगानबाना चढाएर श्रद्दान्जली चलन छ ।
लेखक पाैड्याल धेरै बर्षदेखि जापानमा रहेर जापानिज रितिरिवावकाे बारेमा जानकार हुनुहुन्छ ।