×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेसले टिकट खोसेका अधिकारीले एमालेबाट मेयर खोसे

कांग्रेसले टिकट खोसेका अधिकारीले एमालेबाट मेयर खोसे

काठमाडौं- सर्लाहीको लालबन्दी नगरपालिका प्रमुखमा नेपाली कांग्रेस निर्वाचित भएको छ। कांग्रेसका वासुदेव अधिकारीले एमाले उम्मेदवार गोविन्दबहादुर महतलाई पराजित गरेका हुन्। अधिकारीले ९ हजार ५६१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका महतले ७ हजार ८८३ मत प्राप्त गरेका छन्।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकै कल्पनामाया पाख्रिन विजयी भएकी छिन्। उनले ८ हजार ८५० मत ल्याएकी छिन्। उनको प्रतिनिधि नेकपा एमालेकी सन्सरीमाया थिङ्गले ८ हजार १५९ मत प्राप्त गरेकी छिन्। लालबन्दीमा नेकपा समाजवादी र नेकपा माओवादी केन्द्रले मेयर तथा उपमेयरमा गठबन्धन गरेका थिए।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रह्लाद बुढाथोकी तेस्रो बने। बुढाथोकीले ६ हजार १७५ मत पाए भने उपमेयरका उमेदवार गोविन्द अधिकारीले ३ हजार ६४१ मत पाए।

लालबन्दीमा ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका मानबहादुर खड्काले मेयर जितेका थिए। गठबन्धन गर्नका लागि यसपटक अन्तिम समयमा आएर खड्काको मेयरको टिकट कांग्रेसले खोसेको थियो।

निर्वाचित अधिकारी भने पार्टीको केन्द्रको निर्णयविपरीत चुनावमा होमिए। निर्वाचन आयोगमा उम्मेदवारी फिर्ता लिने समयपछि कांग्रेस सभापति देउवाले पठाएको पत्रलाई मान्यता दिएन। आयोगले उम्मेदवारी दर्ताको अन्तिम समयपछि आएको देउवाको पत्रलाई मान्यता नदिँदा अधिकारीको उम्मेदवारी रद्द गराउन देउवा असफल बनेका थिए।

प्रतिकृया दिनुहोस्