×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य समेत आज प्रतितोला १५ रुपैयाँले घटेको छ । हिजो सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सोमबार पनि चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको थियो ।

प्रतिकृया दिनुहोस्