×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजदूत आचार्यले भने - भारतीय खोपबाट लाभान्वित हुने आशा छ, प्रयास पनि छ

राजदूत आचार्यले भने - भारतीय खोपबाट लाभान्वित हुने आशा छ, प्रयास पनि छ

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय खोपबाट लाभान्वित हुने आशा रहेको बताएका छन् ।  

मुलुकले खोप प्राप्त गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला राजदूत आचार्यले सोमबार सामाजिक सञ्‍जाल ट्विटरमार्फत भारतीय खोपबाट लाभान्वित हुने आशा र प्रयास जारी रहेको जनाएका छन् ।

उनले कवितात्मक शैलीमा लेखेका छन्, " खोप थुपार्ने देश छन् । खोप खोज्‍ने देश छन् । कोभिड विश्व महामारी हो । विश्वले सँगै सोच्नुपर्ने हो । खोप न्याय हुनुपर्ने हो । कतै छेलोखेलो कतै हाहाकार नहुनुपर्ने हो । भारतले खोप त उत्पादन गर्छ तर आफैँ अभावमा छ । तैपनि पहिलेझैं अब पनि भारतीय खोपबाट हामी लाभान्वित हुने आशा छ । प्रयास पनि छ ।" 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र मुलरुपमा सबै नेपालीलाई खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गरेकै दिन भारतका लागि नेपाली राजदूत आचार्यले यस्तो अभिव्यक्तिले मुलुकमा खोप आउने आशा जागेको छ । यसअघि भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । त्यसैगरि थप २० लाख डोज खोप खरिद गरेकोमध्ये १० लाख डोज प्राप्त भइसकेको छ ।

भारतको सर्वोच्च अदालतले खोप आफ्नो नागरिकलाई नलाएसम्म निर्यात नगर्न प्रतिबन्ध लगाएको थियो । तर, पछिल्लो विभिन्‍न मुलुकहरुबाट खोप आपूर्ति गर्न दबाब बढेपछि केही मुलुकलाई निर्यात गर्ने भारतले संकेत दिएको छ । 

प्रतिकृया दिनुहोस्